Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लक डाउन र प्रेम सम्वन्ध देखाइएको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (चलचित्रसहित)

लक डाउन र प्रेम सम्वन्ध देखाइएको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (चलचित्रसहित)

  • शनिवार, आषाढ २७ २०७७

  • 1.2K
    SHARES

  • लक डाउन र प्रेम सम्वन्ध देखाइएको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (चलचित्रसहित)

    काठमाडौं । कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, जुन अहिलेसम्म अधिकांश देशमा जारी छ ।

    लक डाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लक डाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नुपरेको छ ? चलचित्र लक डाउनमा समेट्ने प्रयास गरिएको छ ।

    सार्वजनिक छोटो चलचित्र लक डाउनमा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । आर्थिक अवस्थाले झन् झन् तड्पिरहेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुभेर उनीप्रति देखाएको सद्भाव र सहयोगले धेरैलाई भावुक बनाउन सक्छ ।

    द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको मुख्य भुमिकामा अभिविन्द खनियाले निकै राम्रो अभिनय गरेका छन्, उनीसँगै बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको समेत सहायक भुमिका हेर्न लायक छ ।

    चलचित्रलाई संचारकर्मी रामजी ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन् । उनले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारी छ ।

    निमा शेर्पाको छायांकन तथा सम्पादनमा निर्माण भएको चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचिएको हो ।

     


    शनिवार, आषाढ २७ २०७७०७:३१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij