काठमाडौँ – सुन्तला खान सल्लाघारी होइन सुन्तलाघारी तिर पो जानुपर्छ भन्दै व्यङ्ग्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई सुन्तलाको माला बाँडेका छन्।
नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले मञ्चबाटै पत्रकारहरुलाई सुन्तलाको माला बाँडेका हुन्।
ठट्यौली शैलीमा उनले पत्रकारलाई ‘सुन्तला खानुस् तपाईंहरू पनि’ भनेका थिए।
शनिबार कमलादीको प्रज्ञा प्रतिष्ठानमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्।
केहीदिन अघि भएको भेलामा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सुन्तला खान मन छ भने सुन्तलाघारीतिर पो जानुपर्छ सल्लाघारीतिर जाने?' भनेर व्यंग्य गरेका थिए।