Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनयुद्ध फर्सी कुहिएझैँ कुहियोः प्रधानमन्त्री ओली

जनयुद्ध फर्सी कुहिएझैँ कुहियोः प्रधानमन्त्री ओली

  • शनिवार, पौष २५ २०७७

  • 1.3K
    SHARES

  • जनयुद्ध फर्सी कुहिएझैँ कुहियोः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनले देशमा संकट उत्पन्न नहुने बताएका छन्। युवा संघको आयोजनामा राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन्।

    उनले संसदीय व्यवस्थामा निर्वाचन हुनु सामान्य भएको बताए। असहमतिका बावजुत आफूले काम गरेर देखाएको ओलीले बताए। काम गर्न नदिएपछि पार्टीका नेतालाई पेलेरै सरकार चलाएको उनले बताए।

    ‘काम गर्न नदिने। जुन गतिमा देश अगाडि बढ्न नदिने भएपछि। चुनावमा जानुपर्छ र देशको गति अगाडि बढाउनुपर्छ भनेर चुनाव घोषणा गरे’, उनले भने।

    ओलीले जनयुद्ध फर्सी कुहिए झैँ कुहिएको बताए। नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बैसाखपछि सरकारमा नरहने गरेको टिप्पणी सही नभएको बताए। प्रचण्डको भविष्यवाणी फेल खाएको ओलीले बताए।

    प्रचण्ड र माधव नेपाललाई जहाँ अहिले बसिरहेको छ त्यही बस्न ओलीको आग्रह छ। ‘हामी यहाँ छौँ भनेर भनिरहेका छन्। त्यही बसिरहनुस्’ उनले भने।

    पूर्व प्रधान न्यायाधीशले संसद विघटनलाई असंवैधानिक भनेकोप्रति ओलीले असन्तुष्टि जनाएका छन्।

    ‘उनीहरुले भनेअनुसार फैसला चाहिए किन चाहियो अदालत। हामीले कहिल्यै न्यायलयकाबिरुद्ध नाराजुलुस गरेका छैनौँ’, पूर्व प्रधान न्यायाधीश प्रति कटाक्ष गर्दै ओलीले भने।

    ओलीले प्रचण्ड–माधवको जुलुसमा बोल्ने भाषा भट्टी पसलमा पनि नबोलिने बताएका छन्।


    शनिवार, पौष २५ २०७७०५:४१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij