Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किन पुगे प्रचण्ड र माधव पुनः निर्वाचन आयोग ?

किन पुगे प्रचण्ड र माधव पुनः निर्वाचन आयोग ?

  • सोमवार, पौष २७ २०७७

  • 1.7K
    SHARES

  • किन पुगे प्रचण्ड र माधव पुनः निर्वाचन आयोग ?

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

    आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग पुगेका हुन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष आयोगमा गएको बताइएको छ ।

    यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ ।

    निर्वाचन आयोगले जिल्लामा–जिल्लामा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेकाले त्यसलाई रोक्न आग्रह गर्न अध्यक्षहरु आयोग गएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको केही दिनपछि उनी प्रचण्ड र नेपाल निर्वाचन आयोग गएका थिए । उनीहरुले नेकपाको अध्यक्षबाट ओलीलाई हटाएको जानकारी दिँदै आफूहरु आधिकारिक भएको दाबी गरेका थिए ।

     


    सोमवार, पौष २७ २०७७०२:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij