नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपुरको गैंडाकोटमा बाढीले कल्भट बगाएपछि अवरुद्ध बनेको सडक खुलेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार, भत्किएको ठाउँमा डाइभर्सन बनाइएपछि दिउँसोदेखि सडक खुलेको हो ।
गैंडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सनमा राखेको कल्भट बगाउँदा आज बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो । जसका कारण कैयौं सवारी साधन सडकमा अलपत्र परेका थिए ।