काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ।
आज बसेको पार्टीको स्थायी कमिटि बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
यसअघि अध्यक्षबाट कारबाही गरेको प्रचण्ड–नेपाल समूहको आज बसेको स्थायी कमिटि बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
ओलीलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधिए पनि उनले जवाफ दिएका थिएनन्।