Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा

चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ : प्रधानमन्त्री

चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ : प्रधानमन्त्री

  • सोमवार, माघ १२ २०७७

  • 1.2K
    SHARES

  • चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ : प्रधानमन्त्री

    दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन्।

    उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे ।

    सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।


    उनले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरे पनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताए ।

    ‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्षसध्यक्ष कोही भएका छैनौ भनेर ।’

    उनले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरे पनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताए ।

     

    उनले आफू असफल भएर केही नहुने जिकीर गर्दै देश असफल हुन नहुने बताएका थिए।

    माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै ओलीले थपे, ‘उहाँहरू केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन्।’

     


    सोमवार, माघ १२ २०७७०५:०५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij