काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् ।
विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न चेतावनी दिएका हुन् ।
उनले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताएका हुन् । राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अपस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपनि जो बाइडेनले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुर्जीवित गर्ने योजना बनाएको भन्दै राष्ट्रपति सीले त्यसो नगर्न चेतावनी दिएकोे अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
डोनाल्ड ट्रम्प नेतृत्वको अघिल्लो अमेरिकी प्रशासनले सुरु गरेको चीन लक्षित अभियानलाई बाइडेनले पनि निरन्तरता दिनेतर्फ संकेत गर्दै राष्ट्रपति सीले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा सम्बन्ध जटिल बन्ने बताएका छन् ।