Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते

भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते

  • बुधवार, माघ १४ २०७७

  • 1.0K
    SHARES

  • भारतमा किसान र प्रहरीबीच झडप, ८३ प्रहरी घाइते

    काठमाडौं । भारतमा किसानको ट्रयाक्टर परेडको क्रममा भएको हिंसामा ८३ प्रहरी घाइते भएको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले घाइते भए प्रहरी अधिकारीमाथि आन्दोलनकारी किसानले हमला गरेको दाबी गरेका छन् । समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीका प्रवक्ता ईश सिंघललाई उद्धृत गर्दै भनेको छ, ‘केही स्थानमा प्रदर्शनकारी हिंस्रक भए । हिंसामा प्रहरी अधिकारी घाइते भए र सार्वजनिक सम्पत्तिको पनि हानी भयो ।’

    एएनआईले एक भिडियो जारी गरेको छ जसमा लाल किलेमा प्रदर्शनकारी र प्रहरीबीच झडप देखिएको छ ।

    दिल्ली प्रहरीका जोइन्ट कमिश्नर आलोक कुमारले प्रहरीमाथि हमला गर्नेमाथि कारवाही हुने जानकारी दिएका छन् । उता संयुक्त किसान मोर्चले केही असामाजिक तत्वले उनीहरुको आन्दोलनमा घुसपैठ गरेका दाबी गरे ।

    किसान मोर्चाले बेलुकाको परेड तत्काल समाप्त गर्ने घोषणा गरिदिए तर उनीहरुको आन्दोलन जारी रहने जानकारी दिए ।

     


    बुधवार, माघ १४ २०७७०६:३९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij