Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना संक्रमण पुष्टि

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना संक्रमण पुष्टि

  • बुधवार, माघ १४ २०७७

  • 939
    SHARES

  • दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ।

    पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ ।

     मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

    कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्क्रमण फैलिन भने रोकिएको छैन । एजेन्सी


    बुधवार, माघ १४ २०७७०९:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij