Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसमः धेरै जसो भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसमः धेरै जसो भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • सोमवार, आषाढ २९ २०७७

  • 1.2K
    SHARES

  • आजको मौसमः धेरै जसो भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज नेपालभर मनसुनी बायु सक्रिय रहने जनाएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय रहनुका साथै न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ ।


    यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ ।

    यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

    यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    र, प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।



    सोमवार, आषाढ २९ २०७७०८:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij