Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप

ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप

  • बिहिवार, माघ १५ २०७७

  • 611
    SHARES

  • ईयु र खोप निर्माता एस्ट्राजेनेकाबीच विवाद, मागेजति खोप नदिएको आरोप

    काठमाडौं । युरोपेली युनियन (ईयू) ले औषधी कम्पनी एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट आफूहरूलाई कोभिड–१९ खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ ।

    एस्ट्राजेनिकाले यो वर्षको पहिलो चौमासिकमा यसअघि आफूले प्रतिवद्धता गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने भन्ने निर्णयले ईयूसँगको सम्बन्ध चिसिएको हो । कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई कारण बताएको छ ।

    तर ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने जनाएको छ । खोप दिने काममा भइरहेको ढिलासुस्तीका लागि ईयूभित्रै उक्त क्षेत्रिय सङ्गठनको समेत आलोचना भइरहेको छ ।

    ईयू र एस्ट्राजेनिकाबीचको सम्झौता गोप्य राखिनुपर्ने बिषय भनिएपनि ईयूले एस्ट्राजेनिकाले त्यो सार्वजनिक गर्न सक्ने जनाएको छ । सन् २०२१ को जनवरी देखि मार्च महिनासम्म ईयूले यसअघि सम्झौता गरेभन्दा ६० प्रतिशत कम डोज खोप पाउने बताइएको थियो ।

    एस्ट्राजेनिकाको खोपलाई अझै ईयूले मान्यता दिइसकेको छैन । तर शुक्रवार इयूको औषधी नियामकले त्यसको लागि बाटो खोलिदिने अपेक्षा गरिएको छ । समस्या समाधानका लागि दुई पक्षबीच बुधवार साँझ वार्ता भएपछि ईयूले आफ्नो पुरानै अडान दोहोर्‍याएको छ । एजेन्सी


    बिहिवार, माघ १५ २०७७०८:२९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij