Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

  • बिहिवार, माघ १५ २०७७

  • 934
    SHARES

  • विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ ।

    हालसम्म १० करोड नौ लाखभन्दा धेरै जना यो भाइरसबाट संक्रमित भएका छन् । यस्तै सात करोड २९ लाखभन्दा धेरै मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    तर २१ लाख ६९ हजारभन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा दुई करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना संक्रमण भएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म चार लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    कोरोनाबाट प्रभावित दोस्रो देशमा भारत छ । त्यहाँ अहिलेसम्म एक करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएकोमा दुई लाख १८ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार १९ देशमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा धेरै छ । एजेन्सी


    बिहिवार, माघ १५ २०७७०८:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij