काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तीन महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनुभएको छ ।
आज लुम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुग्नुभएका स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिड –१९ विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहुँदै तीन महिनाभित्र सबै नागरिकलाई पु¥याउने बताउनुभएको हो ।
मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरुलाई कर्णाली प्रदेशले समेत कोभिड –१९ विरुद्धको खोप लगाइसक्दा लुम्बिनी प्रादेशिक अस्पताल पछाडी पर्नुको कारणबारे जानकारी लिनुभएको थियो । उहाँले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
मन्त्री त्रिपाठीले सरकारले कोभिड –१९ विरुद्धको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति बढेको बताउनुभयो ।