Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ

म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ

  • सोमवार, माघ १९ २०७७

  • 1.3K
    SHARES

  • म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ

    काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकी पक्राउ परेकि छन् ।

    उनलाई सेनाले हिरासतमा लिएको नेशनल लिग फर डेमोक्रेटिक पार्टीले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ परेकि हुन् ।

    सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले नोभेम्बर महिनामा भएको चुनावमा फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने यो चुनावमा धाँधली गरेको दाबी गर्दै आएको थियो । सेनाले म्यानमारमा आजको संसद बैठक स्थगित गर्न आह्वान गरेको छ ।

    नेशनल लिग फर डेमोक्रेटिक पार्टीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अहिले म्यानमारको राजधानी नेपिटाव र अन्य मुख्य सहरका सडकमा सेनाको बाक्लो उपस्थित रहेको छ ।

    राजधानीमा टेलिफोन र इन्टरनेट सेवामा समेत प्रतिबन्ध लगाइएको छ ।  सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताएकी थिइन् । सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकी थिइन।


    सोमवार, माघ १९ २०७७०७:१३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij