Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकालाई आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन इरानको आग्रह

अमेरिकालाई आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन इरानको आग्रह

  • मंगलवार, माघ २० २०७७

  • 846
    SHARES

  • अमेरिकालाई आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन इरानको आग्रह

    एजेन्सी। इरानका विदेशमन्त्री जाभेद जरिफले अमेरिकालाई इरानसँगको बहुराष्ट्रिय आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन युरोपियन युनियनलाई आग्रह गरेका छन् । वाशिंगटनलाई परमाणु सम्झौतामा फर्काउन युरोपियन युनियनले निर्णायक पहल गर्नसक्ने जरिफको विश्वाश छ ।

    निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई अलग्याएका थिए । तर नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने यो सम्झौतामा फर्कन समर्थन जनाईसकेका छन् ।

    अमेरिकी समाचार संस्था सिएनएनसँगको अन्तर्वातामा इरानी विदेशमन्त्री जरिफले परमाणु सम्झौता पूर्ण पालनाको लागि आफ्नो देशमाथिका प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त समेत राखेका छन् ।

    दुबै पक्षलाई सम्झौतामा फर्काउन ईयुले भूमिका खेल्नुपर्ने जरिफको भनाई छ । यो सम्झौतामा युरोपेली युनियनका शक्ति राष्ट्रहरु फ्रान्स र जर्मनीका साथै बेलायत, रुस र चीनले पनि हस्ताक्षर गरेका छन् ।

    पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको नेतृत्वमा यो सम्झौता भएको थियो । तर ट्रम्पले यो सम्झौता तोडेपछि इरानले पनि आफ्नो युृरेनियम संबर्धनको काम पुन थालेको छ ।


    मंगलवार, माघ २० २०७७०७:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij