काठमाडौं । गायक दिवान किनार र गायिका रुपा थापा मगरको 'पन्चेबाजा मा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियो "नेपाली भिडियो ग्यालरी"को अफिसियल च्यानल बाट सार्वजनिक गरिएको हो।
गायक दिवान किनारको शब्द संगीत रहेको छ भने आवाजमा गायिका रुपा थापा मगरले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा सन्जिब, देबराज, सुनिता र सम्झना लगाएतका कलाकारको अभिनय रहेको छ ।
यस गीतको भिडियो निर्देशन सुजन श्रेष्ठले गरेका हुन् । त्यस्तै, भिडियो छांयाकन तथा सम्पादन जनक राज अधिकारीले गरेका हुन् ।