Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एलेक्सी नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

एलेक्सी नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

  • बुधवार, माघ २१ २०७७

  • 813
    SHARES

  • एलेक्सी नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

    काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको हो ।

    नभाल्नी गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउ परेका थिए । गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको अन्तिम अवस्थमाा जर्मनीमा उपचार भएको थियो । जर्मनीमा उपचार पछि नभाल्नी घर फर्कदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसका विभिन्न शहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन् । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।

    उनका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए । नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् ।

    अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ । एजेन्सी


    बुधवार, माघ २१ २०७७०७:१२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij