Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वैशाखको निर्वाचनमा सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने

वैशाखको निर्वाचनमा सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने

  • बुधवार, माघ २१ २०७७

  • 956
    SHARES

  • वैशाखको निर्वाचनमा सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने

    काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित बजेट आज सरकारसमक्ष पेश गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार कूल निर्वाचन खर्चमध्ये ६ अर्ब ७२ करोड रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि र ३७ करोड कोभिड व्यवस्थापनका लागि खर्च हुने अनुमान छ ।

    संविधान जारी भएपछि पहिलोपटक गरिएको प्रतिनिधि सभाको निर्वाचनमा सात अर्ब ४७ करोड रुपैयाँ लागेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आगामी २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा खर्च कम लाग्नुको मुख्य कारण २०७४ सालकै निर्वाचनमा प्रयोग गरिएका सामग्री, उपकरण र प्रविधिलाई पुनः उपयोग गरिने हो ।

    निर्वाचन प्रयोजननिम्ति आयोगले दिने तालिम पनि अनलाइन (भर्चुअल) मार्फत नै हुने हुनाले खर्च कम लाग्ने थपलियाले बताउनुभयो ।


    बुधवार, माघ २१ २०७७०५:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij