Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यमनमा जारी युद्धमाको सहायताबाट अमेरिका पछि हट्ने

यमनमा जारी युद्धमाको सहायताबाट अमेरिका पछि हट्ने

  • शुक्रवार, माघ २३ २०७७

  • 573
    SHARES

  • यमनमा जारी युद्धमाको सहायताबाट अमेरिका पछि हट्ने

    एजेन्सी। यमनमा जारी युद्धमा गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने भएको छ । राष्ट्रपति जो बाइडनले यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने घोषणा गरेका छन् ।

    साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको बिक्री आफ्नो प्रशासनले रोक्ने उनको भनाई छ । यमनमा पछिल्लो ६ वर्षदेखि युद्ध जारी छ र त्यस क्रममा १ लाख १० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको बताइन्छ ।

    विदेश नीतिबारे आफ्नो पहिलो मन्तव्यमा राष्ट्रपति जो बाइडनले भने, ‘यमनमा युद्ध रोकिनु आवश्यक छ ।’ द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताए।

    बाइडनअघि दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमनमा विद्रोहीविरुद्ध साऊदी अरबको नेतृत्व रहेको गठबन्धनमा समर्थन गरेका थिए । यो संघर्षले यमनमा लाखौँ मानिसहरु भोकमरीको शिकार भएका छन् ।


    शुक्रवार, माघ २३ २०७७०८:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij