Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

  • शुक्रवार, माघ २३ २०७७

  • 1.1K
    SHARES

  • संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

    काठमाडौं । संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।

    सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पनि पेस गर्नुभएको छ । सभामुख सापकोटाले पेस गरेको रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गर्नुभएको छ ।

    साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गर्नुभएको छ ।

    नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ ।

    त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गर्नुभएको छ । 

    सभामुख सापकोटासँग दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका थिए ।


    शुक्रवार, माघ २३ २०७७११:३९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij