Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
बेलायतमा कोरोना

बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना संक्रमितको मृत्यु

बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना संक्रमितको मृत्यु

  • शनिवार, माघ २४ २०७७

  • 897
    SHARES

  • बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना संक्रमितको मृत्यु

    काठमाडौं। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको पाँचौं स्थामा पर्द छ ।

    यसैगरी शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् ।

    नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर” नम्बर ०.७ र १ को बीचमा रहेको छ ।

    करिब एक करोड १० लाखले लगाए कोरोनाको खोप

    शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ९ लाख ७१ हजार ४७ जनाले खोपको पहिलो डोज लिएका छन् ।

    जसमध्ये पाँच लाख पाँच हजार ९९३ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा कोरोना विरुद्धको खोप दिईसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

    यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।


    शनिवार, माघ २४ २०७७०६:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij