Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

  • शनिवार, माघ २४ २०७७

  • 807
    SHARES

  • अफगान सेनाको हवाइ कारबाहीमा १८ तालिवानको मृत्यु

    एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ ।

    नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मारिने तालिवान लडाकूमा १० जना विशेष लडाकू रेजिमेन्टका सदस्य रहेको बताइएको छ । अन्य १० जना विशेष लडाकुका सदस्य घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबान आतंककारीविरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई तीव्र पारेको छ ।


    शनिवार, माघ २४ २०७७०७:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij