Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री किन आज निर्वाचन आयोग जाँदैछन् ?

प्रधानमन्त्री किन आज निर्वाचन आयोग जाँदैछन् ?

  • मंगलवार, माघ २७ २०७७

  • 992
    SHARES

  • प्रधानमन्त्री किन आज निर्वाचन आयोग  जाँदैछन् ?

    काठमाडौं । निर्वाचनको तयारी र आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ ।

    प्रधानमन्त्री ओली बिहान ११ बजे आयोग जानुहुने तय भएको छ । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

    लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुक्ष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरु आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग जानुभएको छैन् ।

    ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा हुनुहुन्छ । त्यसैले उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ । त्यसै सन्दर्भमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओली आयोग जान लाग्नुभएको बताइएको छ ।


    मंगलवार, माघ २७ २०७७०६:११:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij