काठमाडौं । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । १४१ जना बेपत्ता भएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने छन् । बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका छन् ।
चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो । चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको छ । पछिल्ला केही दिनमा आएको बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।
चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको हो । एजेन्सी