Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यमनमा २२ प्रतिशतले भोकमरी बढ्ने राष्ट्रसंघको अनुमान

यमनमा २२ प्रतिशतले भोकमरी बढ्ने राष्ट्रसंघको अनुमान

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.0K
    SHARES

  • यमनमा २२ प्रतिशतले भोकमरी बढ्ने राष्ट्रसंघको अनुमान

    एजेन्सी । यमनमा ५ वर्ष मूनिका आधा भन्दा बढी बालबालिका कुपोषणको सिकार हुने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    लामो समयदेखि द्वन्द्वग्रस्त यमनमा भोकमरीका कारण चार लाख भन्दा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ । यस वर्ष मात्र करिब साढे २ लाख बालबालिका कुपोषणको सिकार हुने राष्ट्रसंघले चेतावनी दिएको छ ।

    कुपोषणको समस्या समाधानका लागि तत्काल ठोष कदम नचाले बालबालिकाको मृत्युदर अझ बढ्न सक्ने राष्ट्रसंघले जनाएको छ ।

    राष्ट्रसंघको जनसंख्या विभाग प्रमुख डेभिड ब्यासलेले सन् २०२० को तुलनामा खानाको अभावमा कुपोषणको सिकार हुनेको संख्या २२ प्रतिशतले वृद्धि हुने दावी गरेका छन् ।

    यस्तै गर्भवती र स्तनपान गराउने १२ लाख महिलाहरु पनि अत्याधिक कुपोषणबाट ग्रसित हुने राष्ट्रंघले प्रक्षेपण गरेको छ ।

    यमनमा सन् २०१४ देखि होथी विद्रोहीले जारी राखेको युद्धका कारण लाखौ सर्वसाधारण विस्थापित हुनुका साथै कयौंको मृत्यु भएको छ ।

    युद्ध जारी रहेकाले यमनका करिव ८० प्रतिशत नागरिकलाई सहायताको आवश्यक रहेको राष्ट्रसंघको अनुमान छ ।

     


    शनिवार, फाल्गुण १ २०७७०८:३१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij