Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाडिन्नँः प्रधानमन्त्री

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाडिन्नँः प्रधानमन्त्री

  • शनिवार, फाल्गुण १ २०७७

  • 999
    SHARES

  • निर्मला र भागरथीका हत्यारालाई पानीमुनि  गए पनि छाडिन्नँः प्रधानमन्त्री

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्त, किशोरी भागरथी भट्ट लगायतका हत्यारालाई पानीमुनी गए पनि नछाड्ने बताएका छन् ।

    उनले पक्राउ गरेर कारबाही गर्न केही ढिलो अवश्य भए पनि हत्याराहरुले उन्मुक्ति नपाउनेमा ढुक्क रहन आग्रह गरे।

    बुटवलमा आयोजित सभामा शनिबार प्रधानमन्त्री ओलीले भने, ‘बलात्कारी र हत्यारालाई सरकारले पानी मुनी गएपनि छोड्नेवाला छैन, पक्राउ गरेर कारबाही गर्छ । केही ढिलोचाँडो होला ।’

    'तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ', प्रधानमन्त्री ओलीले भने।

    'हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,' उनले भने । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।

    अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, 'दुई/दिन, चारदिन उम्किएलान् । एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । त्यो समय कट्टा हुने छैन । पुराका पूरा सजाय ती अपराधीहरुलाई गराएरै छोड्ने छौं ।'

    ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले ५० लाख मत ल्याउने उद्घोष गरे। ‘हामी ५० लाख मत ल्याउँछौँ। तपाईँहरु घटाउनुहोस् न, सक्नुहुन्छ भने’ प्रधानमन्त्रीले विपक्षीलाई चुनौती दिए।

    उनले अघि भने ‘बहुमतको प्रधानमन्त्री भएको हिसाबले संसद विघटन गरेको हुँ। वैध छ। संवैधानिक छ। संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ। देशलाई अस्थीरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु।’

    देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस्।’

    आफू प्रधानमन्त्री भएपछि नेपाल विश्वमाझ चिनिन र सुनिन थालेको भन्दै ओलीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका सवालमा आफू कसैसामु कहिल्यै नझुक्ने बताए।

     


    शनिवार, फाल्गुण १ २०७७०५:०५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij