Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयोगले चुनावको आचारसंहिताबारे सबै दलसँग छलफल गर्दै

आयोगले चुनावको आचारसंहिताबारे सबै दलसँग छलफल गर्दै

  • आइतवार, फाल्गुण २ २०७७

  • 705
    SHARES

  • आयोगले चुनावको आचारसंहिताबारे सबै दलसँग छलफल गर्दै

    काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दै छ ।

    निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिनुभयो ।

    छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

    दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेको छ ।


    आइतवार, फाल्गुण २ २०७७१०:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij