Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकी राजदूतले नेपालीमै दिए सरस्वती पूजाको शुभकामना, मनिषाले गरिन् रि–ट्विट !

अमेरिकी राजदूतले नेपालीमै दिए सरस्वती पूजाको शुभकामना, मनिषाले गरिन् रि–ट्विट !

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.5K
    SHARES

  • अमेरिकी राजदूतले नेपालीमै दिए सरस्वती पूजाको शुभकामना, मनिषाले गरिन् रि–ट्विट !

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले सरस्वती पूजाको विशेषताबाट आफू प्रभावित भएको बताएका छन् । आज नेपाली भाषामै ट्विट गर्दै उनले साना बालबालिकालाई पढ्ने–लेख्ने काम आरम्भ गराउनका लागि विशिष्ट दिन तोकेर उत्साहपूर्वक मनाइएकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

    ‘मलाई नेपाली संस्कृतिको यो पक्ष असाध्यै मनपर्छ कि यहाँ साना नानीहरूलाई पढ्ने–लेख्ने काम आरम्भ गराउनका लागि पनि विशिष्ट दिन तोकेर उत्साहपूर्वक मनाइन्छ’, उनले लेखेका छन्, ‘सबैजनामा सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना र ज्ञानको खोजी शुरू गर्ने सबै बालबालिकालाई सफलताको कामना !’

    राजदूत बेरी नेपालका प्रायः हरेक चाडपर्व मनाउने गर्छन् । साथै, शुधकामना पनि दिने गर्छन् । यसअघि, प्रायः अंग्रेजी भाषामा शुभकामना दिने गरेको उनले आज भने नेपालीमै शुभकामना दिएका छन् ।

    राजदूत बेरीको ट्विटलाई बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालासँगै नेपालका विभिन्न विशिष्ट व्यक्तिहरुले रि–ट्विट गरेका छन् ।
    त्यस्तै, धेरै सर्वसाधारण नेपालीले अमेरिकी राजदूतलाई धन्यवाद दिएका छन् ।

    Capture.PNG


    मंगलवार, फाल्गुण ४ २०७७०१:४६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij