Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 935
    SHARES

  • नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

    एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।

    नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

    ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो ।

    अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका थिए ।

    अन्तरिक्षको यानको सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले खुशी मनाएका छन् ।

    अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भएरनभएको अध्ययन गर्ने गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् ।


    शुक्रवार, फाल्गुण ७ २०७७०७:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij