Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा अर्जुन चौपारी-५ का एक वर्षीय बालकले काेराेनामाथि विजय हात पारे

स्याङ्जा अर्जुन चौपारी-५ का एक वर्षीय बालकले काेराेनामाथि विजय हात पारे

  • मंगलवार, आषाढ ३० २०७७

  • 1.1K
    SHARES

  • स्याङ्जा अर्जुन चौपारी-५ का एक वर्षीय बालकले काेराेनामाथि विजय हात पारे

    कोरोना पोजिटिभ देखिएका स्याङ्जा अर्जुन चौपारी-५ का एक वर्षीय बालकले काेराेनामाथि विजय हात पारेका छन् ।  बाबु र आमासँगै भारतको दिल्लीबाट जेठ ३२ गते आफ्नो गाउँ आएका बालकलाई असार १३ गते कारोना पोजिटिभ देखिएको थियो । दिल्लीबाट आएर वडाको सामुदायिक विद्यालयमा क्वारेन्टाइन बसेका बालकको असार ५ गते स्वाब लिइएको थियो ।

    स्वाबको पीसीआर परीक्षणमा परिवारको बालकसहित १९ जनामा कोरोना पोजिटिभ भेटिएको थियो ।  छिमेकीसँगै सङ्क्रमित भएर आइसोलेसन पुगेका एक वर्षीय बालकको आइसोलेसनमा लिइएको पीसीआर टेष्टमा नेगेटिभ आएको हो ।  दूधे बालकमा कोरोना भेटिएपछि २२ वर्षीया आमाको पनि छोरासँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा जानुभएको थियो । आइसोलेसन बसेका बालकसँगै रही आमासमेत पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ आएको हो ।

    श्रीमान र आफूसँगै आएका छोरालाई कोरोना देखिएपछि आइसोलेन गएर आफू र सानो दूधे छोराकाे समेत नेगेटिभ नतिजा आएकोमा एक वर्षीय बालकको परिवार खुसी भएको छ । बालकसँगै कालिका अस्पतालको आइसोलेसनबाट २० जना र गल्याङ् अस्पतालको आइसोलेसनबाट १३ जना गरी ३३ जनाले कारोनामाथि विजय  पाएका हुन् ।

    कालिकाबाट विजय प्राप्त गर्ने अर्जुन चौपारीका ११ जना, भिरकोटका चार, पुतलीबजार नगरपालिकाका तीन, बिरुवा र गल्याङ् एक/एक जना रहेका छन् भने गल्याङ् अस्पतालबाट निको हुनेमा छ जना चापाकोट, चार जना कालिगण्डकी, दुई जना गल्याङ् र एक जना आँधीखोलाका रहेका छन् ।

    यहाँ १९३ कोरोनाा सङ्क्रमित भएकोमा ६१ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 


    मंगलवार, आषाढ ३० २०७७०३:३८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij