Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आणविक सम्झौताबारे पुन वार्ता गर्न इरानसँग अमेरिकाको आग्रह

आणविक सम्झौताबारे पुन वार्ता गर्न इरानसँग अमेरिकाको आग्रह

  • शनिवार, फाल्गुण ८ २०७७

  • 910
    SHARES

  • आणविक सम्झौताबारे पुन वार्ता गर्न इरानसँग अमेरिकाको आग्रह

    एजेन्सी । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुन वार्ता गर्न इरानसँग आग्रह गरेको छ ।

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग आग्रह गरेको हो ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि तेहरानसँग वार्ता गर्न तयार रहेको बताउनु भएको हो ।

    हालसम्म परमाणु सम्झौतामा तेहरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको सबैभन्दा ठोष कदम भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।

    यद्धपी इरानकी विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् ।

    इरानले यसअघि आफूमथि लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्र वार्ताका लागि विस्वासको वातारण बन्ने प्रतिक्रिया दिएको छ ।


    शनिवार, फाल्गुण ८ २०७७०८:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij