Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

परमाणु संयन्त्रको निरीक्षणका लागि राष्ट्रसंघलाई इरानको अनुमत्ति

परमाणु संयन्त्रको निरीक्षणका लागि राष्ट्रसंघलाई इरानको अनुमत्ति

  • सोमवार, फाल्गुण १० २०७७

  • 844
    SHARES

  • परमाणु संयन्त्रको निरीक्षणका लागि राष्ट्रसंघलाई इरानको अनुमत्ति

    एजेन्सी । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ ।

    इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको हो । विवादास्पद परमाणु संयन्त्रका विषयमा विश्वभर चर्चा चलिरहेकै बेला इरानले यो निर्णय लिएको हो ।

    यसअघि इरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ देखि इरानमाथि लगाएको प्रतिबन्ध हालसम्म कायम रहेको अवस्थामा इरानले यो निर्णय लिएको हो ।

    इरानले अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।

    इरानले दशकौंदेखि आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ गरिएको दाबी गर्दै आएको छ ।

    यद्दपी अमेरिका र अन्य केही राष्ट्रहरुले भने इरानले गुपचुप रुपमा परमाणु संयन्त्र बिस्तार गरिरहेको आरोप लगाउँदै आएका छन् ।


    सोमवार, फाल्गुण १० २०७७०८:३९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij