प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । उनलाई कैलालीबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले बताउनुभयो ।
पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । केही अघि उनले सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने बताएका थिए । यस्तै, मोरङको उर्लाबारीबाट मंगलबार पक्राउ परेका विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई प्रहरीले विभिन्न स्थानमा विष्फोट र बम राखेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले बोहरालाई एउटा लका दुई वटा सीमकार्डलगायत सामाग्रीसहित पक्राउ गरेको थियो ।