Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 599
    SHARES

  • म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

    काठमाडौँ । फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।

    गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबुकले आफ्नो निर्देशिकाको उल्लंघन गरेको भन्दै सेनाको मुख्य पेजमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

    म्यान्मारको सेनाले सन् २०२० को चुनावमा धँधली भएको भन्दै फेसबुकमार्फत प्रचार प्रसार गर्दै आएको थियो ।

    फेसबुकले बुधबार राति एक वक्तव्य जारी गर्दै सैन्य ‘कू’ पछि भएको हिंसाका घटनालाई मध्यनजर गर्दै यो प्रतिबन्ध आवश्यक रहेको महसुस गरेको जनाएको छ ।

    सैन्य कूको विरोधमा म्यान्मारमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

    फेसबुकले यो प्रतिबन्ध अनिश्चितकालका लागि भएको उल्लेख गर्दै तत्कालको प्रभावका कारण लागू गरिएको जनाएको छ ।

    अनलाइनमार्फत व्यक्त गरिने असन्तोषलाई दबाउनका लागि म्यान्मारको सेनाले बेला–बेला इन्टरनेट बन्द गर्ने तथा फेसबुक चलाउन प्रतिबन्ध लगाउने कार्य गर्दै आएको थियो ।


    बिहिवार, फाल्गुण १३ २०७७०४:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij