Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पत्रकार खाशोग्गीको हत्याबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

पत्रकार खाशोग्गीको हत्याबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 696
    SHARES

  • पत्रकार खाशोग्गीको हत्याबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने

    एजेन्सी। अमेरिकाले साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्याबारे गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।

    यो रिपोर्टमा पत्रकार खाशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको शंका गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइेडनले पत्रकार खाशोग्गीकोे रिपोर्ट पढेर यसबारेमा साउदी अरबका राजा सलमानसँग टेलिफोन कुराकानी गरेका छन् ।

    कुराकानीको क्रममा राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना पूराना मित्र राष्ट्रसँग नयाँ ढंगले सम्बन्ध अगाडी बढाउन चाहेको बताएको बीबीसीले जनाएको छ । साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने बाइडेनको मत रहेको ह्वाइट हाउसले जनाएको छ ।

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए । पत्रकार खाशोग्गीको अक्टुबर २०१८ मा टर्कीको साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो र मृत शरीरलाई क्षतविक्षत गरिएको थियो ।

    तर साउदी युवराजले यस घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन्। खाशोग्गीलाई साउदी शासकको आलोचकका रुपमा हेरिन्थ्यो । यस घटनामा साउदी अरबको अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको भए पनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।

     


    शुक्रवार, फाल्गुण १४ २०७७०७:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij