Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सैनिक ‘कू’विरुद्धको प्रदर्शनमा दुई समूहबीच झडप

सैनिक ‘कू’विरुद्धको प्रदर्शनमा दुई समूहबीच झडप

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.3K
    SHARES

  • सैनिक ‘कू’विरुद्धको  प्रदर्शनमा दुई समूहबीच झडप

    एजेन्सी । म्यानमारमा सैनिक कू को विरोधमा भइरहेको प्रदर्शनका बीच सेना समर्थितहरु पनि सडकमा उत्रेपछी दुई समूहबीच झडप भएको छ ।

    सैनिक कु को बिरुद्धमा म्यानमारको यंगुन शहरमा प्रदर्शनमा रहेका हजारौं प्रदर्शनकारीहरुमाथि सेना समर्थितहरुले ढुंगामुढा गरेपछी दोहोरो झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

    यंगुन शहरमा प्रदर्शकारीहरु भेला हुने क्रममा करिब एक हजारको संख्यामा रहेका सेना समर्थकहरुले र्याली निकाली सेनाको समर्थनमा नारा लगाएका थिए । हातका चक्कु र पाइपसहित सडकमा उत्रेका सेना समर्थकहरुले प्रदर्शनकारीहरुमाथि आक्रमण गरेका थिए ।

    म्यानमारमा सैन्य कु को बिरुद्धमा जारी प्रदर्शनका क्रममा सेनाले केही प्रदर्शनकारीहरुलाई सडकमा उतारेर थप हिंसा निम्त्याएको बिपक्षी प्रदर्शनकारीको आरोप छ । सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने भन्दै सडकमा नउत्रन चेतावनी दिँदै आएको छ ।

    म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि लगातार विरोध प्रदर्शनहरु भैइरहेका छन् । प्रदर्शनकारीहरुले आङ साङ सूचीको जननिर्वाचित सरकारको पूनर्वहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । सेनाले भने चुनावमा धांधली भएको आरोप लगाउंदै आएको छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०९:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij