Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सेनाद्दारा सिरियामा हवाई आक्रमण

अमेरिकी सेनाद्दारा सिरियामा हवाई आक्रमण

  • शनिवार, फाल्गुण १५ २०७७

  • 1.6K
    SHARES

  • अमेरिकी सेनाद्दारा सिरियामा हवाई आक्रमण

    एजेन्सी । अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ ।

    आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो ।

    पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो ।

    यसका साथै उक्त आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए ।

    यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो । जहाँ हरित क्षेत्र सहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए ।


    शनिवार, फाल्गुण १५ २०७७०८:५०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij