Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै तहमा बढेको संस्थागत भ्रष्टाचार रोकिनुपर्छ : अध्यक्ष शर्मा

सबै तहमा बढेको संस्थागत भ्रष्टाचार रोकिनुपर्छ : अध्यक्ष शर्मा

  • शनिवार, फाल्गुण १५ २०७७

  • 1.7K
    SHARES

  • सबै तहमा बढेको संस्थागत भ्रष्टाचार रोकिनुपर्छ : अध्यक्ष शर्मा

    काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले अहिले मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको बताउनुभएको छ । संघ देखि प्रदेश र स्थानीय तहमा पनि भ्रष्टाचार बढ्दै गएको उहाँले बतउानुभयो ।

    ‘चाहे वडामा होस्, वा पालिकामा, चाहे प्रदेश वा संघ सबै क्षेत्रमा संस्थागत भ्रष्टाचार मौलाएको छ ।’ नेपााली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा अध्यक्ष शर्माले भन्नुभयो, ‘यसलाई नीतिगत तहबाटै रोकिनुपर्छ र दोषी दण्डित गरिनुपर्छ ।’

    उहाँले कोरोना महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका मत्त्वपूर्ण रहेको पनि बताउनुभयो । ‘स्थानीय सरकार नभएको भए अवस्था भयावह पनि हुनसक्यो ।’ शर्मा भन्नुभयो, ‘नजिकको सरकार भएकाले धेरै काम पनि गरेको छ र जनतामा अलिअलि गुनासो पनि हुनु स्वभाविक हो ।’

    साथै उहाँले तुर्माखाँद भौगोलिक हिसाबले अति विकट भएपनि स्थानीय सरकार पुगिसकेपछि जनताले त्यो महसुस नगरेको बताउनुभयो । अध्यक्ष शर्माले गाउँपालिमा अहिले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानीलगायतका क्षेत्रमा आमुल परिवर्तन आएको बताउनुभएको छ ।

    अध्यक्ष शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्


    शनिवार, फाल्गुण १५ २०७७०३:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij