Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हटाउन सक्नुभएछ भने फेरि दुई तिहाई लिएर आइदिन्छुः प्रधानमन्त्री ओली

हटाउन सक्नुभएछ भने फेरि दुई तिहाई लिएर आइदिन्छुः प्रधानमन्त्री ओली

  • आइतवार, फाल्गुण १६ २०७७

  • 1.0K
    SHARES

  • हटाउन सक्नुभएछ भने फेरि दुई तिहाई लिएर आइदिन्छुः प्रधानमन्त्री ओली

    झापा –प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको छ।

    आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताउनुभयो।

    संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौँ आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘प्रभु संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ।’

    देशको विकास रोक्न आफूलाई हटाउन खोजेको ओलीको दाबी छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको र विचार गरौंला भनेर पठाएको उहाँले बताउनुभयो ।

    जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दा तपाईंहरुको कुन पार्टी हो भनेर प्रश्न गरेपछि नेताहरु झसङ्ग भएको पनि ओलीले टिप्पणी गर्नुभयो।

    अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको भन्दै प्रधानमन्त्री ओलीले अघि भन्नुभयो,‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्।’

    उहाँले अघि भन्नुभयो, ‘पहिले पनि अविश्वास राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु।’


    आइतवार, फाल्गुण १६ २०७७०५:२७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij