Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको वार्ता निष्कर्षविहीन

आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको वार्ता निष्कर्षविहीन

  • बुधवार, आषाढ ३१ २०७७

  • 551
    SHARES

  • आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बालुवाटारमा बुधबार अढाइ घण्टा वार्ता भए पनि कुराकानी ठोस रूपमा अघि बढ्न नसकेको बताइएको छ । यद्यपि, दुवै पक्ष एक्लाएक्लै वार्तामा जुटेकाले वार्ताको प्रगति खुलाइएको छैन ।

    आज पनि विषय यथाहालतमा रहेको र निष्कर्ष निक्लन नसकेको बताइएको छ । स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरुद्ध छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको छ ।

    स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौंपटक एक्लाएक्लै वार्ता भएको छ । तर, उनीहरूबीच पुरानै रटान कायमै छ । पार्टी अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानबाट झरेपनि सहमतिका लागि एक पद छाड्न गरेको आग्रहमा ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्न नसक्ने अडानमा दृढतापूर्वक उभिँदै आएको बताएको छ ।


    बुधवार, आषाढ ३१ २०७७०३:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij