Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ममाथि शारीरिक हमला भएर ज्यान नै तलमाथि भए अनौठो नमाने हुन्छः प्रधानमन्त्री ओली

ममाथि शारीरिक हमला भएर ज्यान नै तलमाथि भए अनौठो नमाने हुन्छः प्रधानमन्त्री ओली

  • सोमवार, फाल्गुण १७ २०७७

  • 759
    SHARES

  • ममाथि शारीरिक हमला भएर ज्यान नै तलमाथि भए अनौठो नमाने हुन्छः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान खतरामा रहेको बताउनुभएको छ।

    पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताउनुभयो।

    ओलीले भन्नुभयो, ‘अत्‍यन्तै तीव्र रुपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।’

    उहाँले आफ्नो नेतृत्वको पार्टीले नै देश बनाउने भन्दै प्रचण्ड नेपाल नेतृत्वको पार्टीले देशलाई अघि नबढाउने समेत बताउनुभयो ।

    साथै आफूलाई केही भइहाले देशको भविष्यलाई बचाउन पार्टी अघि सर्नुपर्ने समेत बताउनुभयो ।

    यद्यपि, उहाँले आफूहरुले सतर्कता अपनाएकोले आक्रमणको खतरा नभएको समेत बताउनुभयो।


    सोमवार, फाल्गुण १७ २०७७०५:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij