Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव

ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.4K
    SHARES

  • ओलीलाई राजीनामा दिन राष्ट्रिय जनमोर्चाको सुझाव

    काठमाडौँ – राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ।

    बुधबार बुटवलमा बसेको बैठकले देशको समसामयिक राजनीतिको बारेमा छलफल गर्दै प्रधानमन्त्रीको राजीनामाबाट नै मुलुकले राजनीतिक निकास पाउने ठहर गरेको हो।


    प्रधानमन्त्री ओलीले संसद विघटनको ‘असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको’ भन्दै बैठकले सर्वोच्च अदालतको सही निर्णयले गर्दा संसदको पुनर्स्थापना भए पनि देशको राजनीतिमा अस्थिरता र अन्यौलताको स्थिति कायम रहेको ठहर गरेको हो ।

    ‘बाह्य शक्ति केन्द्रहरुको चलखेल झन् बढेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराउने षड्यन्त्र बढेको छ,’ बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न साम्राज्यवादी शक्तिहरुका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा खतरा छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिपेक्षताको रक्षा, संघीयताको खारेजी, भ्रष्टाचारको रोकथामको लागि संघर्षको आवश्यकता बढेर गएको छ ।’

    कतिपय राजनीतिक तथा संवैधानिक समस्या र जटिलता देखापरेको स्थितिमा प्रधानमन्त्री ओलीले इमानदारीपूर्वक प्रधानमन्त्रीबाट राजीनामा दिएमा देशले अहिलेको समस्याबाट निकास पाउन सक्ने राष्ट्रिय जनमोर्चाको ठहर छ। सो पार्टीले विभाजनको दोसाँधमा रहेको नेकपाको एकता कायम गरेर त्यसको निर्णय अनुसार कार्य अगाडि बढाउन पनि सुझाव दिएको छ।

     


    बुधवार, फाल्गुण १९ २०७७०५:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij