Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुस्कान ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्डबाट सम्मानित हुने

मुस्कान ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्डबाट सम्मानित हुने

अमेरिकाकी प्रथम महिला जिल र सेक्रेटरी अफ स्टेट ब्लीनकेनले अवार्ड प्रदान गर्ने
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 988
    SHARES

  • मुस्कान  ‘इन्टरनेसनल वुमन अफ करेज’ अवार्डबाट सम्मानित हुने

    काठमाडौं । मुस्कान खातुन प्रतिष्ठित इन्टरनेसनल वुमन अफ करेज आइडब्लूओसी अवार्डबाट सम्मानित हुने भएकी छन् । महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई उक्त अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।

    प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आक्रमणको शिकार बनेकी थिइन् । घटना उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपत्लाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् ।

    मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् ।

    यो अवार्ड दिन लागिएको यो १५ औँ वर्ष हो । यसअघि, मलाला युसफझाइ लगायतले यो अवार्ड जितिसकेका छन् ।


    शुक्रवार, फाल्गुण २१ २०७७०८:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij