काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् ।
यसअघि बुधबार र मंगलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखहभागी हुनुभएको हो ।
छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी हुनुहुन्छ । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड र नेपाल सहितका नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि नेकपाभित्र विवाद थप चुलिएको छ ।
आन्तरिक विवादमा सहमतिको नभेटिँदा अहिले स्थायी कमिटी बैठकमा पनि अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ ।
त्यो बैठकअघि नै मुख्य नेताहरुबीच समझदारी कायम गर्न बालुवाटारमा निर्णायक छलफल भइरहेको हो । प्रचण्ड र माधव नेपाल पक्षले ओलीको राजीनामा मागेको छ । तर ओली भने दुबै पद पछाड्ने अडानमा हुनुहुन्छ ।