Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्वीट्जरल्यान्डका महिलाले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने

स्वीट्जरल्यान्डका महिलाले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने

  • सोमवार, फाल्गुण २४ २०७७

  • 986
    SHARES

  • स्वीट्जरल्यान्डका महिलाले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने

    एजेन्सी । स्वीट्जरल्यान्डका महिलाहरुले अनुहार ढाक्ने पहिरन लगाउन नपर्ने भएको छ ।

    हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो ।

    जनमत संग्रहमा महिलाहरुले मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन् ।

    दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत संग्रह गरिएको बीबीसीले जनाएको छ ।

    आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१ दशमलव २ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८ दशमलव ८ प्रतिशत मानिसले मतदान गरेका थिए ।

    तर स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भएको टिप्पणी गरेको छ ।

    स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो ।

    कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई इस्लामप्रति त्रास फैलाउने खालको भएको बताएका छन् ।

    स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन् ।

    अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्यान्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ ।

    उनीहरूलाई बारम्बार विभिन्न मुद्दामा निर्णय दिन राष्ट्रिय तथा क्षेत्रीय जनमत संग्रहमा सहभागी गराइन्छ ।

    सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवादित छ ।

    फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।


    सोमवार, फाल्गुण २४ २०७७०७:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij