Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 643
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।

    सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनुभएको हो ।

    अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नुहुने छ ।

    सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बाउनुभएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

    ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उहाँको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।

    संसदमा एमालेसँग १२० सिटबाहेक सरकार बनाउन निर्णायक अवस्थामा रहेका कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।


    मंगलवार, फाल्गुण २५ २०७७१०:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij