Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालुवाटार छलफलः प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह

बालुवाटार छलफलः प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह

  • बिहिवार, श्रावण १ २०७७

  • 847
    SHARES

  • बालुवाटार छलफलः प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्ड र माधव नेपालको आग्रह

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए ।

    यसअघिका वार्तामा अध्यक्षद्धय ओली र प्रचण्डबीच मात्र छलफल हुँदै आएको थियो । तर आजको बैठमा भने नेता नेपाल पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा महासचिव विष्णु पौडेलको सहभागीता थियो । बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।

    यसैबीच, बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेताहरु प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलबीच छलफल भएको थियो ।

    उक्त छलफलमा प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको थियो । सोहीअनुसार बालुवटार छलफलमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरिएको बताइएको छ ।

    तर ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा हुनुहुन्छ । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए ।

    बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् । तर अहिलेसम्म सहमति विन्दु फेला पर्न सकेको छैन ।


    बिहिवार, श्रावण १ २०७७०२:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij