Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेमा गएका २३ जनालाई माओवादीले सोध्यो स्पष्टीकरण

एमालेमा गएका २३ जनालाई माओवादीले सोध्यो स्पष्टीकरण

बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन
  • शनिवार, फाल्गुण २९ २०७७

  • 1.3K
    SHARES

  • एमालेमा गएका २३ जनालाई माओवादीले  सोध्यो  स्पष्टीकरण

    काठमाडौं । एमालेमा केन्द्रीय सदस्य बनेका माओवादी केन्द्रका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले २३ नेतालाई २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्याग के गर्ने भन्नेबारे जानकारी दिन निर्देशन दिएको हो ।

    उनीहरुले २४ घण्टाभित्र त्यसबारे जानकारी नदिएमा कारबाहीको प्रक्रिया अघि बढाइने बताइएको छ ।

    हिजो एमालेले माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुलाई जिम्मेवारी दिनुका साथै २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो ।

    यस्तै, नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

    स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।

    उनीहरु पार्टीमा नफर्की केपी शर्मा ओली नेतृत्वको एमालेतिर लागेका छन् भने एमालेले केन्द्रीय सदस्यसहितका जिम्मेवारी समेत दिइसकेको छ ।

    तत्कालीन नेकपामा विवाद हुँदा उनीहरु ओलीतिर लागेका हुन् भने त्यतिबेला ओलीलाई सहयोग गर्दा मणि थापा, प्रभु साह र लामाले मन्त्री बन्ने मौका पाएका थिए । उनीहरुले राजीनामा नदिए कारबाही गर्ने तयारी माओवादी केन्द्रको रहेको बुझिएको छ ।


    शनिवार, फाल्गुण २९ २०७७१०:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij