Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एक हप्ताका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै

एक हप्ताका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • शुक्रवार, श्रावण २ २०७७

  • 667
    SHARES

  • एक हप्ताका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ । सात दिनलाई स्थगित गरिएको बैठक आज बस्न लागेको हो । पार्टीमा देखिएको विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन्।

    गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो। बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको र सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरेको नेकपाले जनाएको थियो।

    यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन्। तर सहमति भने बनिसकेको छैन।

    यस्तै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच पनि छलफल भएको छ। बिहीबार दाहाल र नेपाल समूहको भेलाले पार्टीभित्रको विवाद समाधान गर्न एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ। नेकपाको पाँचौं स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको थियो।


    शुक्रवार, श्रावण २ २०७७०७:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij